मनोरञ्जन

'चङ्गा चेट'को 'गोजीमा दाम छैन' रिलिज

भदौ ४, २०७५

    काठमाडौं : फिल्म ‘चङ्गा चेट’को पहिलो गीत रिलिज भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश 'गोजीमा दाम छैन' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको संगीत, हरिहर तिमल्सिनाको शब्द तथा रजनराज,  मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर सुन्न सकिन्छ।

    प्रविन सिंहको कोरियोग्राफीमा तयार भएको भिडियोमा तीन जोडी प्रस्तुत छन्। जहाँ प्रियका कार्की र आयुष्मान देशराज जोशी, रविन्द्र झा र सुरक्षा पन्त र सन्दीप क्षेत्री र परमिताद आरएल राणा जोडी भएर प्रस्तुत छन्।

    कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। डार्क कमेडी फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन्। प्रदीप भारद्वाजको पटकथा समावेश फिल्ममा अर्जुन पोखरेलको पनि संगीत समावशे छ। निरक कडेँलले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

    हेर्नुहोस् गीत :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]