समाज

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भदौ ५, २०७५

    बारा : पूर्व–पश्चिम राजमार्गको निजगढ–पथलैया सडकखण्डको शहजनाथ मन्दिर काँटगाउँ प्रवेशद्वारअगाडि भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बाराको करैयामाई गाउँपालिका–१ मधुवनका २३ वर्षीय भिष्म चौधरी रहेको प्रहरीले जनाएको छ।

    चौधरी चढेको ना ४२ प १२६३ नम्बरको मोटरसाइकललाई ना ५ ख २४०६ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टनका लागि चन्द्रपुर अस्पताल लगिएको छ।

    छुटेको एकैछिनमा घटना

    निजगढस्थित सिगौंलका राम चौधरी ससुराली बसेका थिए। उनलाई बस चढाउनका लागि मोटरसाइकल चलाएर भिष्म राजमार्गस्थित पसाहा पुलमा छाडेर घर फर्किँदै थिए।

    ‘बस चढेको थिइन, पसाहाबाट फर्किएको मोटरसाइकल दुर्घटना परेको खबर आइपुग्यो,’ रामले भने, ‘आत्तिँदै घटनास्थल पुग्दा उनै ससुराका भाइ भिष्म दुर्घटनामा परेको रहेछन्।’

    प्रहरी कार्यालयमा पुगेर रामले शव बुझेर पोष्टमार्टका लागि अस्पताल लगेका छन्। भिष्म काठमाडौंमा काम र अध्ययनका क्रममा थिए। भर्खरै मात्र बिदामा घर आएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]