काठमाडौँ : ललितपुर महानगरापालिका-१७ स्थित एक टहरोमा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ मध्ये दुई बालिकाको मृत्यु भएको छ।
आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।
आइतबार ललितपुरको ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ जना घाइते भएका थिए।
घरमुली ३५ वर्षका सञ्जय गिरीको भेन्टिलेलरमा राखेर र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको छ।
एक जना १५ वर्षका नित गिरीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।