समाज

जीप दुर्घटना, एकजनाको मृत्यु, १६ घाइते

कात्तिक ८, २०७५

    गुल्मी : इस्मा गाउँपालिका– २ छल्दी पनाहा नजिकै बुधबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। 

    इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल केसीको मृत्यु भएको हो। लु १ च ७३७० नम्बरको जीप दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक रोशन खड्काले जानकारी दिए। 

    दुर्घटनामा घाइते भएका चालकसहित १६ जनाको उपचार विभिन्न अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। जीप जिल्ला सदरमुकाम तम्घासबाट पालुखा जाँदै थियो। जोगिथुमबाट पूर्णिमा मेला हेरेर फर्किने धेरै यात्रु चढेको र उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]