समाज

आधुनिक मेसिनले पानीघट्ट विस्थापित

कात्तिक ११, २०७५

    सिन्धुपाल्चोक : एक दशकअघिसम्म सिन्धुपाल्चोकका अधिकांश खोला किनारामा पानीघट्ट बाक्लो देखिन्थे। तर, प्रविधिको विकाससँगै पानीघट्ट देखिन छाडेका छन्। आधुनिक मेसिनको प्रयोग बढेसँगै स्थानीय सीप साधनबाट निर्माण भएका परम्परागत पानीघट्ट लोप हुँदै गएको छ।

    ‘कुनैबेला बगरैभरि घट्टै–घट्ट देखिन्थे। जलवीरे नदी किनारामा २० वटाभन्दा बढी ठाउँमा घट्ट थिए,’ १६ वर्षको उमेरदेखि पानीघट्ट सञ्चालन गर्दै आएकी चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासेकी ६० वर्षीया मैना माझीले भनिन्, ‘अहिले चार ठाउँमा मात्र छन्।’ 

    नदीमा घट्ट चलाउनु, डुङ्गा खियाउनु, माछा मार्नु नदी आसपासमा बसोवास गर्दै आएका माझी तथा दनुवार समुदायको पुख्र्यौली पेशा हो। तर, परम्परागत पेशा नै संकटमा पर्न थालेपछि सयौं व्यक्ति समस्यामा परेका छन्।

    पहिले–पहिले आधुनिक मेशिनहरुको प्रयोग थिएन। सबैले घट्ट प्रयोग गर्ने गरेको जलवीरको घट्ट व्यवसायी शंकर माझीले बताए। करिव एक दशकअघिदेखि गाउँमा आधुनिक सुविधा सम्पन्न मेसिनहरु प्रयोगमा आउन थालेपछि घट्टहरु लोप भएको उनको भनाइ छ। पिसानीका लागि समय केही बढी लागे पनि पानीबाट सञ्चालन गरिने घट्टबाट पेट्रोलियम नचाहिने भए पनि अहिले विस्थापित हुन थालेकामा उनी चिन्तित छन्। घ्टटको संरक्षण गर्न सके पुख्र्यौली पेशाको जगेर्ना हुन सक्ने शंकरले बताए।

    परम्परागत पेशा व्यवसायबाट विस्थापित भएपछि करिब एक हजार ५०० भन्दा बढी माझी तथा दनुवारहरुको रोजगारी गुमेको स्थानीयको भनाइ छ। घट्नी निर्माणका लागि पहिलेजस्ता ढुङ्गा पनि नपाइने भएकाले माझी समुदाय समस्यामा परेका छन्। पानीघट्टमा मकै, कोदो र गहुँ लगायतका अन्नहरुको पिसानी गरिन्छ। तर, अहिले आधुनिक मेसिन भित्रिएपछि पानी घट्ट देखिन छाडेको छ। पानी घट्टमा कुटानी पिसानी गरेको मकै, कोदो, गहुँ लगायतको खाद्य वस्तु स्वादिलो हुनुका साथै स्वास्थ्यवद्र्धक मानिन्छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]