मनोरञ्जन

'छक्का पञ्जा'को रेकर्ड तोड्यो 'छक्का पञ्जा ३' ले

कात्तिक ११, २०७५

    काठमाडौं : फिल्म छक्का पञ्जा ३ ले प्रदर्शनको तेस्रो हप्तामा पनि हालमा दवदवा जमाइरहेको छ। राम्रो व्यानर, हिट सिरिज र बलियो कथावस्तु भएकाले पनि फिल्मले सफल व्यापार गरिरहेको छ। यस फिल्मले प्रदर्शनपश्चात् धेरै रेकर्डहरू पनि बनाउन सफल छ।

    यस्तैमा प्रदर्शनको १७ दिन पुरा नगर्दै छक्का पञ्जा ३ ले छक्का पञ्जा को रेकर्ड भङ्ग गराएको छ। छक्का पञ्जा ३ले छक्का पञ्जाको लाइफ टाइम कलेक्सनको रेकर्ड १७ दिनमा नै तोडिदिएको छ। फिल्म 'छक्का पञ्जा' ले १५ करोडमाथिको व्यापार गर्दै सर्वाधिक व्यापार गर्ने फिल्म सवित भएको थियो। तर, छक्का पञ्जा ३ ले १७ दिनमा नै १६ करोड माथिको व्यापार गर्न सफल भएको वितरकहरुको भनाइ छ।

    फिल्म निर्देशक दीपाश्री निरौलाले आफ्नो फेसबुकमा एक स्टाटस पोस्ट गर्दै छक्का पञ्जा ३ को सफलतामा खुसी व्यक्त गरेकी छिन्। उनले लेखेकी छिन्, 'छक्का पञ्जा १ ले १२८ दिनमा प्राप्त गरेको लक्ष्य छक्का पञ्जा ३ले केबल १७ दिनमा उक्त उपलब्धि हासिल गरेको छ। बधाई सबै कलाकार तथा प्राविधिक साथिहरू। धन्यबाद दर्शक, जय नेपाली सिनेमा!'

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]