समाज : सुरक्षा/अपराध

प्रहरीमा २ वर्ष र सेनामा ३ वर्ष जागिर खाएका व्यक्ति पेस्तोलसहित पक्राउ

पुस १५, २०७५

    काठमाडौं :  प्रहरीले एक थान चाइनिज पेस्तोल र खुकुरीसहित तीन जनालाई पक्राउ गरेको छ। शनिबार बेलुकी काठमाडौंको जडिबुडिबाट उनीहरुलाई पक्राउ गरेको हो।

    जडिबुडिस्थित गणेशमाया श्रेष्ठको घरमा अपरिचित व्यक्तिहरु हात हतियार सहित लुपाट गर्ने उदेश्यले प्रवेश गरेको भन्ने विषेश सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा धादिङ्ग गल्छि घर भई कंलकी वस्ने वर्ष ३३ को अर्जुन प्रसाद अधिकारी, धादिङ्ग गल्छिकै वर्ष २५ को केदारप्रसाद अधिकारी र काभ्रे भुम्जु गाउँपालिका ८ घर भई चावहिल वस्ने वर्ष ३० को अन्जन उप्रेती रहेका छन्।

    यसमध्ये केदार प्रसाद अधिकारी नेपाल प्रहरीमा दुई वर्षसम्म जागिर खाई छाडेको र फेरि नेपाली सेनामासमेत तीन वर्ष जागिर खाएर छाडेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]