समाज

ओखलढुंगाका १९ विद्यालयको पुनर्निर्माण अन्तिम चरणमा

पुस १७, २०७५

    ओखलढुंगा : राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले ओखलढुंगामा निमार्ण गरिरहेका विद्यालय भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ। प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाले जिल्लाका विभिन्न १९ स्थानमा निमार्ण गरेको विद्यालय भवनको निमार्ण कार्य अन्तिम चरणमा पुगेको हो।

    भूकम्प आपतकालीन सहायता कार्यक्रमअन्तर्गत २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका विद्यालय भवनहरू पुनर्निमार्ण गरिएको हो। एसियाली विकाश बैंक एडिबीको आर्थिक सहयोगमा निमार्ण भइरहेको विद्यालय भवनमध्ये २ स्थानको विद्यालय भवन निमार्ण सम्पन्न भई विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।

    चिशंखुगढी गाउँपालिकाको कुइँभीरस्थित कुइँभीर मावि कुइँभीर र खानिभञ्ज्याङको सरस्वती माविमा निमार्ण सम्पन्न भएको भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण गरिएको हो। ५ देखि ९ करोडसम्मको लागतमा निमार्ण भएका भवनहरूमध्ये अब १७ वटा भवन हस्तारन्तरण गर्न बाँकी रहेको जिल्ला अयोजना कार्यान्वयन इकाइ शिक्षाका प्रमुख डिल्लीराम लुइटेलले बताए।

    ‘२०७२ सालको भूकम्पछि क्षति भएका विद्यालय भवन बनाउने जिम्मा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षालाई आएपछि ओखलढुंगाका १९ वटा विद्यालय पुनर्निमार्ण गरिँदै छ भने १९ विद्यालयमध्ये दुईवटा विद्यालय हस्तान्त्रण गरिएको छ। भूकम्पले क्षति पुगेका विद्यालयको डिजाइन चाही केन्द्रीय आयोजना कार्यान्वयन इकाइले नै गरेको जिल्ला अयोजना कार्यान्वयन इकाइ शिक्षाका प्रमुख लुइटेलको भनाइ छ। जिल्लामा निर्माण भइसकेका विद्यालय र निर्माणधीन विद्यालय भूकम्पले क्षति पुर्‍याएका विद्यालय भवन भूकम्प प्रतिरोधी तथा अपांगतामैत्री निमार्ण गरिएको छ।

    टेन्डरमार्फत् निमार्ण थालिएको विद्यालय भवनको मारुसिन सिक्टा कन्ट्रक्सनले निमार्ण गरिरहेको छ। भूकम्पपछि टेन्ट तथा अस्थायी टहरोमार्फत् पठनपाठन गराउँदै आएका विद्यलायलाई केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाले अपांगतामैत्री तथा सुविधासम्पन्न भवन निमार्ण गरिदिएपछि पठनपानमा सहज हुने श्री सरस्वती माध्यमिक विद्यालय खानीभञ्ज्याङका प्रध्यानाध्यापनक नेत्र बहादुर थापाले बताए।

    ‘भूकम्पपछि हामी टेन्टमा पुग्यौँ, पठनपानमा निकै समस्या भयो, यस्तो समस्या कतिन्जेल झेल्ने हो भन्ने थियो, अहिले दाताको सहयोगमा भवन बन्दै छ' ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङ्गटारका प्रधानाध्यापक भूवनकुमार रोकाले खुसी हुँदै भने। ओखलढुंगामा प्राविधिक शिक्षा पठनपाठन हुने तथा सुरु गर्ने विद्यालयलाई सोहीअनुसारको कक्षाकोठा निमार्ण गरिएको छ।

    इकाइले ओखलढुंगाको रुम्जटार र रामपुरमा रहेको माध्यमिक विद्यालयलाई समेत नमुना विद्यालय बनाउन एक विद्यालय बराबर ९ लाख बढीको लागतमा काम सुरु गर्ने जनाएको छ। ग्रामीण भेगमा आरसिसी विद्यालय भवन बनाउँदा सामान ढुवानीमा भने समस्या देखिएको कन्ट्रयाक्टर मारुसिन सिक्टा कन्ट्रक्सनले जनाएको छ। ओखलढुंगाका मुलखर्क, श्रीचौर, वाक्सा, पलापु, सिंहदेबी, बिगुटार, बेतिनी, जन्तरखानी, फूलवारी, गाम्नाङ्गटार, यसम, टारकेराबारीलगायतका १९ स्थानमा विद्यालय भवन बन्दैछन्। २०७२ को भूकम्पले ओखलढुंगाका २११ विद्यालयका ४५८ कक्षा कोठामा क्षति पुर्‍याएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]