स्वास्थ्य

लायन्स क्लब चाबहिल सिटीको नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर

पुस १५, २०७५

    नुवाकोट : लायन्स क्लब चाबहिल सिटी, दीर्घायु गुरु हस्पिटल चाबहिल र लायन्स क्लब अफ काठमाडौं कैलाशको संयुक्त आयोजनामा नुवाकोटको लिखु गाउँपालिका, लिखु-५, वेष्ट्रन इटर्नल स्कुलमा नि:शल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा ४८७ जना विरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधि वितरण गरिएको कार्यक्रमका संयोजक लायन सुवर्ण डंगोलले बताए।

    शिविरमा क्लब र दीर्घायु अस्पतालले लिखु गाउँपालिकालाई स्वास्थ्यसम्बन्धी उपकरण उपलब्ध गराइएको थियो। उक्त शिविरमा परीक्षण गरेका सम्पूर्ण विरामीहरुलाई आगामी दिनहरूमा दीर्घायु अस्पताल चाबहिलमा उपचारमा २० प्रतिशत छुट उपलब्ध गराउने अस्पतालका कार्यकारी निर्देशक सुरज श्रेष्ठले बताए।

    उक्त शिविरमा दीर्घायु गुरु हस्पिटलको प्राविधिक सहयोग, डा. विकास नेपाल, डा. निमेश पौडेल, डा. कविता अधिकारी, डा. समिर अर्याल, डा. श्रीकृष्ण देवकोटा, डा. सुजन पोखरेल, डा. सन्तोष जोशीको विशेष सहयोगमा सम्पन्न भएको शिविरमा सहभागी सम्पूर्णमा क्लबका अध्यक्ष लायन अजय खनालले धन्यवाद दिँदै आगामी दिनमा अन्य क्षेत्रमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने बताए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रेजिना राईले लिखु गाउँपालिकामा आएर स्वास्थ्य सेवा गरेकोमा धन्यबाद व्यक्त गरिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]