|

काठमाडौं : नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजू राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताएकी छन्। शुक्रबार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताएकी हुन्।

उनले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। उनले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निर्क्योल हुने भन्दै उनीहरुको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताइन्।

उनले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताइन्। उनले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘पोषण एउटा असाध्यै महत्वपूर्ण कडी हो। जब एउटा सानो बच्चा जन्मिन्छ, पेटदेखि नै हामीले पोषणको ध्यान दिएनौँ भने हाम्रो देशको नागरिक कस्तो हुन्छन् ? अहिले मात्रै होइन भविष्यमा पनि उहाँहरुको कस्तो किसिमको सिकाइ हुनसक्छ ? कस्तो किसिमको स्वास्थ्य हुन सक्छ ? र पहुँच कहाँसम्म पुग्नसक्छ भन्ने कुरा पोषणमा निर्भर छ। सरकारको प्राथमिकतामा पोषणलाई पार्नका निम्ति हामी सबैले स्थानीय तहदेखि नीतिगत तहसम्म हामीले पहल गर्नुपर्ने देखियो। रणनीति बनाउनु राम्रो हो। तर साँच्चिकै हामीले कार्यान्वयन गर्ने हो कि होइन। १०-१२ वटा त रणनीति रहेछ। रणनीति मात्रै बनाएर भएर। म चाहिँ कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ भन्ने अभियानमा छु। कृषि पोषणसँग पनि सम्बन्धित छ। यो क्षेत्रमा नेपाल सरकारको बजेट हुनुपर्‍यो।’

उनले आफू कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा रहेको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.