राजनीति

विश्वविद्यालयले पाठ्यक्रम पुनरावलोकन गर्नुपर्छ : मन्त्री पोखरेल

पुस १६, २०७५

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयले समय सापेक्ष पाठ्यक्रमलाई पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ४४ औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दे मन्त्री पोखरेलले दशकौसम्म पनि पुरानै पाठ्यक्रममा आधारित शिक्षा प्रभावकारी बन्न नसकेकाे बताए।

    समयसापेक्ष पाठ्यक्रम र कार्यक्रमलाई पुरावलोकन गर्नआवश्यक रहेको भन्दै मन्त्री पोखरेलले विश्वविद्यालयले आफूलाई अब्बल सावित गर्न ज्ञानको हस्तान्तरण नभई ज्ञान निर्माणमा केन्द्रीत हुनुपर्नेमा जोड दिए। परिवर्तित परिवेशमा आइपरेका चुनौतीको सामना गर्दै राष्ट्र निर्माणको अभियानमा प्रत्यक्ष योगदान दिनसक्ने विश्वस्तरमा प्रतिष्पर्धी जनशक्ति उत्पादनमा विश्व विद्यालयले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

    शिक्षामन्त्री पोखरेलले शैक्षिक वेरोजगार उत्पादन गर्ने केन्द्र बनेको भन्दै विश्वविद्यालयको शिक्षाको गुणस्तरबारे आलोचना हुने गरेको उल्लेख गर्दे साधारण शिक्षा मात्रै विस्तार गरेर दायित्व पूरा नहुनेतर्फ सजग बन्न आग्रह समेत गरे। शिक्षालाई सीप,सीपलाई श्रम र श्रमलाई समृद्धिसँग जोडेर नवीन र सिर्जनात्मक ढंगले नयाँ बाटाहरू पहिल्याउँदै अघि बढ्न मन्त्री पोखरेलले विश्व विद्यालयललाई सुझाव दिए।

    समारोहमा २०७५ जेठ ३१ सम्म विभिन्न संकायमा ६६ जना विद्यावारिधि उपाधिबाट दीक्षित भएका छन्। त्यसैगरी एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट भएकालाई विभिन्न पदकले विभूषित गरिएको छ। २०७४ जेठ १८ देखि २०७५ जेठ ३१ गतेसम्म ६० आंगिक र एकहजार ८५ सम्बन्धन प्राप्त क्याम्पसका स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उतीर्ण गरेका ७४ हजार २८६ विद्यार्थी मध्ये सोमबार नाैहजार ५०० जना दीक्षान्त समारोहमा सहभागी भएका थिए।

    दीक्षित भएका मध्ये कृषिमा १०१, शिक्षा शास्त्रमा ८५३, मानविकीमा दुईहजार ४०, इन्जिनियरिङमा एकहाजर २०९, वन विज्ञानमा २८ जना रहेका छन्। त्यसैगरी कानुनमा १५८, चिकित्सामा ९६६, व्यवस्थापनमा दुईहजार ९६५ र विज्ञानमा एकहजार १८४ जना विद्यार्थी दीक्षित भएका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]