विश्व

नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

पुस १७, २०७५

    पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालक (पाइलट)सहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ।

    उनीहरुको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये ३ जना विमान चालक रहेको जनाइएको छ। पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो।

    पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा ६ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको सोमबार जानकारी दिए।

    नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उनको भनाई छ। एयरलाइन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतिपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]