तुलसीपुर : दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घाइतेमध्ये एकजना गम्भीर घाइते भ...
सल्यान : बिहेको निम्ता दिन गएका एक व्यक्तिको हथौडा प्रहार गरी हत्या भएको छ। जिल्लाको शिद्धकुमाख गाउँपालिका-२ को फूलगाउँमा एक ब्यक्तिले आफनै छिमेकीलाई हथौडा प्रहार गरी हत्या गरेका हुन्। छोराको बिहेको लागी निम्ता दिन गएका शिद्धकुमाख गाउँपालीका २ साल्घारीका ४२ बर्षिय यमन बोहरा लाई सोही ठाउँका ४७ वर्षीय शालिकराम चलाउनेले हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
छोराको बिहेका लागि शुक्रबार बिहान चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा हथौडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए। मृतक बोहरा चलाउनेको घरमा निम्ता दिन पुगी रोटी खाँदै गर्दा एक्कासि हथौडा टाउमा प्रहार भएको थियो।
घटनालगत्तै चलाउने फरार रहेका थिए। उनी घर नजिकैको जगंलमा गएर लुकीरहेको अवस्थामा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी गीरीराज भण्डारीले जानकारी दिए। घटना बारे थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।