राजनीति

नेपालको परराष्ट्र नीति असन्तुलित र अपरिपक्व : अध्यक्ष थापा (प्रतिवेदनसहित)

माघ २०, २०७५

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपरिपक्व र असन्तुलित परराष्ट्र नीति लिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले सरकारको अपरिपक्व परराष्ट्र नीतिका कारण मुलुक बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुने खतरा पनि औँल्याएका हुन्।

    आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय कार्य समिति बैठकको उद्घाटन गर्दै उनले भेनेजुयलाको घटनाक्रमबारे नेपालको वक्तव्यले पनि सरकारले लिएको परराष्ट्र नीति असन्तुलित र अपरिपक्व भएको पुष्टि भएको दावी पनि गरे। अध्यक्ष थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र चलिरहेको दावी पनि गरे। लुटतन्त्रलाई संरक्षण गर्ने काम सरकारबाटै भइरहेको अध्यक्ष थापाको आरोप छ। दुई दिनसम्म चल्ने पार्टी केन्द्रीय कार्य समितिको बैठकले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गरी पार्टीको भावी कार्यदिशा तय गर्नेछ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई एकताबद्ध बनाई राख्न पनि हिन्दु धर्म र संवैधानिक राजसंस्था पुनर्स्थापना गर्नुको विकल्प नरहेको तर्क गर्दै आएको छ। राप्रपाको एकता महाधिवेशनले 'सम्वद्धनवाद'लाई पार्टीको बैचारिक दर्शनको रुपमा स्थापित गरेको बताउँदै सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई पार्टीको बैचारिक आधारस्तम्भको रुपमा अंगिकार गरेको जनाएको छ।

    यस्तो छ, अध्यक्ष थापाले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]