समाज

मंगलबारदेखि गोकर्णमा राष्ट्रिय विराट महायज्ञ, २७१ पण्डितले कथा वाचन गर्ने

माघ २०, २०७५

    काठमाडौं : काठमाडौँको गोकर्णमा ‘विश्वशान्ति ऐतिहासिक राष्ट्रिय विराट महायज्ञ तथा आनन्द महोत्सव’ आयोजना हुने भएको छ। वाग्मती, रुद्रमती र चन्द्रमतीको संगम त्रिवेणीमा पण्डित रमेशप्रसाद सुवेदीको संकल्पमा यही माघ २२ गतेदेखि महोत्सव सञ्चालन हुन लागेको आइतबार आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको हो।

    २ सय ७१ पण्डितबाट कथा वाचन हुने कार्यक्रममा महायज्ञमा १८ महापुराण, १८ उपपुराण, श्रीमद्भागवत वाल्मिकीय रामायण, महाभारत अठारै पर्व, चार वेद तथा सहस्रचण्डी, अतिरुद्री, एक हजार आठ शालिग्राम पुजन कोटी होमलगायतका कर्याक्रम हुने मूल आयोजक समितिले जानकारी दिएको छ।

    महोत्सव मूल आयोजक समितिका संयोजकसमेत रहेका पण्डित सुवेदीले महोत्सव सम्पन्न गर्न झण्डै एक करोड ७७ लाख खर्च हुने अनुमान गरिएको बताए। कार्यक्रमका लागि भक्तजनबाट आउने स्वतःफूर्त सहयोग स्वीकार गरिने पण्डित सुवेदी बताए। उनका अनुसार महायज्ञ आगामी फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।

    उनले सामाजिक सेवा भावले २०६३ सालदेखि नै विभिन्न जिल्लामा धार्मिक अनुष्ठान गर्दै आएको पनि बताए। यसअघि पनि देशका सबै जिल्लामा गरेर १०८ महायज्ञ सम्पन्न गरेको र देशलाई विश्वसामु चिनाउने उद्देश्यले शान्तिकुञ्ज मधुवनधाम संस्था स्थापना गरी धार्मिक अनुष्ठानका काम गर्दै आएको उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]