राजनीति

ओलीलाई प्रकाशमानले भने– तपाईंहरुको सरकारले कुन दिन बिदा लिन्छ, जनताले जवाफ दिनेछन्

माघ २१, २०७५

    काठमाडौंः नेपाली कांग्रेसका नेता तथा प्रकाशमान सिंहले जिम्मेवार प्रतिपक्षका रुपमा प्रस्तुत भएको कांग्रेसलाई कमजोरी नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिएका छन्। कांग्रेस जिम्मेवार तरिकाले संसदमा प्रस्तुत हुँदा कांग्रेसलाई सिद्धियो भन्ने खालका टिप्पणी गरेर कमजोर नठान्न उनले आग्रह गरे।

    ‘यसो गरेमा तपाईंहरुको सरकारले कुन दिन बिदा लिन्छ भन्ने कुरा जनताले जवाफ दिनेछन्,’ उनले भने, ‘कांग्रेसले विधिको शासनमा विश्वास गर्ने भएकाले कानुनी राज्यका लागि नै हामी अघि बढ्छौँ।’ उनले सरकार कानुनी शासन उल्लंघन गर्नेतर्फ अघि बढेको बताए।

    जनताको केन्द्रीयतामा विश्वास गर्ने कम्युनिष्टले नेपालमा जनवादी केन्द्रीयता लागू गर्न खोजेको बताए। ‘प्रदेशलाई अधिकार नदिएको विषय यसका उदाहारण हुन्,’ उनले भने, ‘संघीयतालाई लागू गर्न आनाकानी गरिएको छ।’

    साथै उनले चिकित्सा शिक्षा विधेयक पास गरेर केही माफियालाई पोस्ने काम गरेको बताए। साथै उनले वाइडबडी प्रकहरणलाई कांग्रेसले नबिर्सिएको र सशक्त ढंगले अघि बढाउने बताए। सरकारको विरोध गर्न कांग्रेसले देशभर विरोध प्रदर्शन गर्ने क्रममा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सरकार भ्रष्टाचारमा लिप्त भएको समेत आरोप लगाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]