खेलकुद

राष्ट्रिय क्रिकेट टिमको विमानस्थलमा भव्य स्वागत

माघ २१, २०७५

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम युएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको छ। 

    क्रिकेट टिमलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो। क्रिकेट टिमलाई स्वागत गर्न संघीय संसद राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, सांसद दिलकुमारी रावल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, राखेपकापदाकारीलगायत विमानस्थल पुगेका थिए। 

    विमानस्थलमा खेलाडीहरूलाई स्वागत गर्न रातो कार्पेट बिच्छ्याइएको थियो। क्रिकेटप्रेमीले खेलाडीका नाममा विभिन्न नारा लगाएका थिए। 

    सम्बन्धित समाचारः

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]