गोरखा : २०७२ साल वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको महाभूकम्पको केन्द्रविन्दु थियो, गोरखाको बारपाक। भूकम्पले तहसनहस पारेको यो गा...
काठमाडौं : वसन्त अधिकारीले निर्देशनमा कलाकारहरू मनीष श्रेष्ठ, निरिषा बस्नेत, नम्रता श्रेष्ठ र सनी सिंहको अभिनय रहेको नेपाली चलचित्र 'जानी नजानी' शुक्रबारदेखि देशभर प्रदर्शन हुँदै छ। यसमा सामिप्यराज तिमिल्सिनाको पटकथा र अर्जुन पोखरेलको संगीत छ।
वाल्मिकी विद्यापीठमा अध्यापन गर्दागर्दै क्यानडा भासिएका मोदनाथ खनाल नेपाली चलचित्र 'जानी नजानी' लिएर आएका हुन्। लामो समय पत्रकारिताको अनुभव पनि उनीसँग छ। देशको राजनितिक असन्तुलनका बीच आफ्नो सन्तानको सुन्दर भविष्यको लागि आफू क्यानडा जानुपरेको बताउँछन् उनी। 'पूर्वीय दर्शनमा थोरबहुत ज्ञान भएकोले साहित्यमा पनि रूचि थियो।' चलचित्र पनि कलाकै एक रूप रहेकोले आफू चलचित्र निर्माण गर्न अगाडि बढेको बताउँछन् उनी। 'कलाप्रतिको मोहले नै चलचित्र निर्माणमा हात हाल्न लालयित भएँ।'
यो चलचित्र सुरूवातमा डकुमेण्ट्री बनाउने सोचमा थिए उनी। विदेशमा लामो समय बसेको अनुभवले विदेशमा बस्दा देशप्रतिको प्रेमलाई विषयवस्तु बनाएका थिए। तर यस फिल्मका तिमिल्सिनाले फरक तरिकाले कथा बुन्नुपर्ने सुझाए। नेपाली चलचित्र उद्योग अझै उद्योगको रूपमा स्थापित भइनसकेको बताउने उनी आफू चलचित्र निर्माण लागिरहने बताउँछन्। भन्छन्, 'सधैँ नराम्रो छ भनेर तर्किनुभन्दा आफूले सकेको गर्नु उचित लाग्यो मलाई।' नेपाली चलचित्रमा आम नेपाली जनताको चासो प्रतिदिन बढ्दै गएकोले व्यावसायिक हुँदै गएको बताउँछन् उनी।
यस फिल्ममा विशेष गरेर युवाहरूको प्रेममा आधारित छ। तर प्रमको शक्तिले एउटा युवामा आउने परिवर्तनबारे बताउने खनाल बताउँछन्। चलचित्र 'जानि नजानी' आफ्नो योजनाभन्दा पनि शोखको लागि बनाएको बताउँछन् उनी। भन्छन्, 'फरक-फरक शोखले मान्छेलाई डोर्याउँदो रहेछ।' नजानेको विषय जान्नुपर्छ भन्ने सोचका कारण आफूले फिल्ममा हात हालेको उनको धारणा छ। फिल्ममा प्राप्तिभन्दा पनि समर्पणको विषयमा केन्द्रित रहेको छ।
उनी पत्रकारिता, दर्शन, साहित्य क्षेत्रमा आबद्ध भए। यी तिनै क्षेत्रमा उनको अनुभवलाई फिल्ममा लगाएका छन्। आखिर प्रेममा नै आधारित चलचित्र किन बनाउनुभयो त भन्ने प्रश्नमा उनी भन्छन्, 'प्रेम चिज नै यति फराकिलो र सुन्दर कुरा रहेछ कि प्रेमको विषयलाई कसैले नकार्न सक्दैन। उनी भन्छन्, 'प्रेम क्षणिक प्रेम वासना वा तृष्णााको विषय हुँदै होइन यो त चेतना हो'
हरेक चलचित्र निर्माण गर्ने निर्माताले आफ्नो फिल्म नराम्रो नभन्ने कुरा उनी स्वीकार्छन्। तर आफ्नो फिल्मले आम दर्शकलाई निराश नबनाउने उनको विश्वास छ। भन्छन्, 'हरेक युवाहरू अचेल विदेश भनेर मरिहत्ते गरिरहेका छन्। गरे स्वदेशमा के छैन भन्ने देखाउन खोजेको छु।'
नेपालमा प्राध्यापन पेसा गरेर जीवनस्तर चलेको व्यक्ती विदेश पुगेर नयाँ पुस्तालाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने अभिव्यक्ति कतिपयलाई आदर्श लाग्छ होला नि? भन्ने प्रश्नमा उनी भन्छन्, 'देश छोडपछि देशको माटो, पानी, पखेराको खुबै याद आउँछ। अर्को कुरा अचेल युवाहरूको लागि विदेश सपना र जवानी विर्सजन गर्ने थलो बनेको छ। यो कुरा कसैले न कसैले बुझाउन जरुरी रहेको छ।'
फिल्म विशुद्ध मनोरञ्जनात्मक मात्र नभएर पहिचान र देशप्रेममा आधारित रहेको उनले बताए। उनी भन्छन्, 'उसो त चलचित्र मनोरञ्जनकै लागि हो। दैनिक जीवनका अनेक पिडा भुलेर दर्शकले फिल्म हेरेका हुन्छन्। तिनै दर्शकहरूमा मनोरञ्जनका साथसाथै केही चेतना दिनुपर्छ कि भन्ने लाग्छ।'
चलचित्रमा उनले स्वदेशी उत्पादनको बारेकमा विषयवस्तु उठाएका छन्। नेपालको राष्ट्रियता माथि ढाकाको कपडामाथि भइरहेको अतिक्रमणका विषयमा पनि फिल्म बोलेको छ। ढाका नेपालको पहिचान र राष्टियतासँग जोडिएको विषय हो। उनी भन्छन्, 'नेपालको घरेलु उद्योगलाई प्रवर्धन गर्नुपर्ने विषयलाई फिल्मले उठान गरेको छ जसमा ढाकाको विषय रहेको छ।'
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।