विश्व

पुलवामा हमलामा भारतीय दाबी गलत : पाकिस्तान

चैत १४, २०७५

    भारतको नियन्त्रणमा रहेको काश्मिरको पुलवामा फेब्रुअरीमा सुरक्षा संगठन सिआरपिएफमाथि भएको बम विस्फोटमा पाकिस्तानले आफ्ना नागरिकको संलग्नता नरहेको बताएको छ।

    उक्त हमलामा ४५ भन्दा बढी सिआरपिएफका जवानको मृत्यु भएको थियो। त्यसपछि भारतले पाकिस्तानले उक्त हमला गराएको आरोप लगाएको थियो। उक्त बम विस्फोट गराउने आत्मघाती हमलावर भने भारतको नियन्त्रणमा रहेको काश्मिरका नागरिक भएको खुलेको थियो।

    भारतले संलग्न रहेका भनिएकाहरूलाई पाकिस्तानमा हालैका दिनहरूमा पक्राउ गरिएको थियो।

    उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरूको सूची पठाएको थियो। तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै सम्बन्ध नपाइएको जनाएको छ।

    'हामीले ५४ जनालाई पक्राउ गरी सोधपुछ र अनुसन्धान गर्‍यौँ तर पुलवामा घटनामा ती कसैको संलग्नता पाइएन', पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, 'यसैगरी, भारतले दिएका २२ वटा ठाउँको पनि अनुसन्धान गरियो, तर त्यस्तो केन्द्र कतै पाइएन।'

    पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा भारतले शंका गरेका ठाउँहरूमा भ्रमणको अनुमति दिन पाकिस्तान सकारात्मक रहेको जनाइएको छ।

    पुलवामा घटनापछि भारत र पाकिस्तानबीच तनाबको स्थिति उत्पन्न भएको थियो। पाकिस्तानमा आश्रय लिइरहेको जैस–ए–मोहम्मदले उक्त घटनाको जिम्मेवारी लिएको थियो।

    पाकिस्तानले भने भारत नियन्त्रित काश्मिरको पुलवामा भएको घटनामा आफ्नो संलग्नता नरहेको पटकपटक दोहोर्‍याएको छ।

    यसै महिनाको शुरुमा इस्लामाबादले अन्तर्राष्ट्रिय दबाबपछि सम्भावित लडाकू समूहहरुको खोजीका लागि देशव्यापी कारबाही गरेको थियो। यसक्रममा पाकिस्तानले केही व्यक्तिलाई पक्राउ गर्नुका साथै मस्जिदहरू र क्लिनिकहरू बन्द गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]