राजनीति

सुनुवाई समितिको बैठक आज, निर्वाचन आयोगका प्रमुखको नियुक्ति प्रक्रिया थालिने

File Photo
चैत १७, २०७५

    काठमाडौं : संसदीय सुनुवाई समितिको बैठक आइतबार बस्दैछ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त र सामावेसी आयोगमा सिफारिस सदस्यको बारेमा सुनुवाई प्रकृया अगाडि बढाउन बैठक बस्न लागेको समिती सभापति लक्ष्मणलाल कर्णले बताउनु भयो। आइतबार विहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्यमा सिफारिस विष्णुमाया ओझाको सुनुवाई प्रकृया शुरु हुने समापति कर्णले बताए।

    सभापति कर्णका अनुसार संवैधानिक समितीबाट सिफारिस भएर आएका दुवै जनाको विषयमा अध्ययन तथा उजुरी आव्हान गरिनेछ। संवैधानिक परिषदको यही चैत ११ गते सोमबार बसेको बैठकले थपलियालाई आयोगका प्रमुख आयुक्त र समावेसी आयोग सदस्यमा ओझालाई सिफारिस गरेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]