समाज

सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा अस्पतालमा तनाव

चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप

जेठ ३१, २०७६

    डडेल्धुरा : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा अस्पतालमा प्रदर्शन गरेका छन्। 

    जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लडिङ’ नरोकिएपछि मृत्यु भएकोे हो ।

    शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन वेडभर्ना भएको बुझिएको छ। लगायतार ‘ब्लडिङ’ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले ८ पिन्ड रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले बताए। उनका अनुसार अवस्था गम्भीर भएपछि ८ पिन्ड रगत दिएर रिफर गर्ने हेलिकोप्टरको समेत अस्पतालले व्यवस्था गरिएको थियो। शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

    चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ। उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

    यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही बोल्नेको छैन्। आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ। 

    प्रहरी र पीडित पक्षबीच केहीबेर झडप समेत भएको थियो। उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमान्नु कारण अपरेशनमा नै त्रुटि रहेको आफन्तले आंशका व्यक्त गरे।


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]