छापा

काठमाडौं पनि डेंगुको उच्च जोखिममा

जेठ ३२, २०७६

    काठमाडौं : देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढ्न पुगेको छ। 

    राजधानी दैनिकमा समाचार छ, जोखिम बढ्दै गर्दा संघीय राजधानी काठमाडौंमा पनि यसको प्रकोप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार काठमाडौं डेंगुको उच्च जोखिममा छ।

    रोग नियन्त्रणका लागि सरकारी संयन्त्र कमजोर हुँदा यो रोगको संक्रमण बढ्दै गएको हो।  जनचेतनाको अभाव, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहयोग, समन्वय र सहकार्यको अभाव तथा नियन्त्रणका लागि सरकारको उच्च प्राथमिकतामा पर्न नसक्नुजस्ता कारणले डेंगु रोग न्यूनीकरणको अभियान प्रभावकारी हुन सकेको छैन।

    विगत ४० दिनमा ११ जिल्लाका ५६१ जना सो रोगबाट प्रभावित भएका छन्। डेंगु रोगबाट प्रभावितहरूको संख्या अझै बढ्न सक्ने इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा‍. विवेककुमार लालले बताए। उनले भने, ‘अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन, बढ्दै जाने देखिन्छ।’

    महाशाखाका अनुसार चालू आर्थिक वर्षमा डेंगु रोग निवारणका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। तीमध्ये संघीय सरकारले ७० लाख र स्थानीय सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ। तर, विनियोजित रकम पनि जनचेतना र डेंगु रोग नियन्त्रण अभियानमा खर्च हुन नसकेको देखिएको छ । यो वर्ष ‘डेंगु रोग सार्ने लार्भाको खोज र नष्ट गर्ने अभियान’ प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य सम्बद्ध अधिकारी स्वीकार्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]