राजनीति

प्रदेश १ को बजेट आज सार्वजनिक हुँदै

असार १, २०७६

    विराटनगर : प्रदेश १ सरकारले करिब ४५ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ।  आर्थिक वर्ष २०७६÷७७ का लागि आइतबार सार्वजनिक हुने बजेट ४२ देखि ४५ अर्ब रुपैयाँको हुने बताइएको छ। बजेट दिउँसो ३ बजे आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्तुत गर्दैछन्।

    प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा ३५ अर्व दुई करोड रुपैयाँको बजेट ल्याएको थियो। 

    सरकारले आगामी वर्ष प्रदेश प्राथमिकता प्राप्त बहुवर्षीय आयोजनाहरु, बिस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएका आयोजना र क्रमागत आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ। यसले आगामी आर्थिक वर्षको सुरुवाती दिनबाटै पुँजीगत खर्च प्रकृया अघि बढ्ने मन्त्री आङ्बोले बताए।

    बजेटमा कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको मन्त्री आङ्बोले बताए। विगतमा कृषि क्षेत्रमा दिइँदै आएको अनुदान कार्यक्रममा केही परिमार्जन गरी सरकारको प्राथमिकता र उत्पादनमा आधारित अनुदानलाई विशेष जोड दिइएको बताइएको छ।

    सरकारले कुल बजेटको करिब ४० प्रतिशतभन्दा बढी रकम पूर्वाधार विकासमा खर्च गर्ने तयारी गरेको छ। सरकारले पाँच वर्षभित्र अहिले रहेको सडकलाई दोब्बर बनाउने लक्ष्य लिएको छ।

    यस्तै, बजेटमा समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पनि छुट्टै विकास योजना दिने भएको छ। चालु आर्थिक वर्षमा समानुपातिक तर्फका सदस्यहरुलाई यस्तो रकम नदिँदा विभेद भएको भन्दै विरोध भएको थियो। आगामी वर्ष समानुपातिकतर्फका सदस्यलाई ५० लाख र प्रत्यक्षतर्फ सदस्यलाई तीन करोड रुपैयाँ निर्वाचन क्षेत्र विकास कार्यक्रम दिने तयारी गरेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]