फिचर : फोटो फिचर

मगर समुदायमा भूमे नाचको रौनक (फोटो फिचर)

असार १, २०७६

    रुकुम : रुकुमपूर्व र पश्चिममा मगर समुदायहरुको ठूलो चाड भूमे नाचको रौनक शुरु भएको छ। मगर समुदायहरुको बाहुल्यता रहेको रुकुम पूर्वका गाउँगाउँमा यस्तो नाच नाच्ने गरिएको छ भने रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको खलंगा सहिदमैदानमा पनि भूमे नाचको रौनक शुरु भएको हो।

    रुकुमपूर्वमा घर भई व्‍यापार व्यवसायका लागि रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बस्ने उनीहरूले आफ्नो समुदायमा मनाउने खाम मगरको चाड बल पूजा तथा भूमे नाच मनाई रहेका हुन्।

    हरेक वर्ष विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई भूमि पूजा गरेपछि बलपूजा तथा भूमे नाच सुरु हुन्छ। अघिल्लो दिन पूजापाठको काम हुने भए पनि असार १ गतेदेखि ५ गतेसम्म भूमे नाच नाचेर समापन हुने गर्दछ। मगर जाति मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने परम्परा छ।

    रुकुमपूर्वका सिस्ने, पुथा उत्तरगंगा, र भूमे गाउँपालिकामा रहेका आदिवासी जनजातिले खासगरी खाम मगर जातिले विशेष महत्वका साथ मनाउने यो पर्वले रुकुम पश्चिमको सदरमुकाम खलंगामा पनि विशेष महत्वका साथ मनाउने गरिएको लाङ्घाली समाजका उपाध्यक्ष राजकुमार पुनले बताए। उनका अनुसार मगर जातिले पृथ्वी अर्थात् भूमिलाई  मुख्य देवताको रूपमा  पूज्ने चलन छ।

    'भूमिको पूजा गरेपछि भूमि देवता खुसी हुने र अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र विभिन्न दुःखको नाश भई पृथ्वीवासी सबैमा खुसी आउने जनविश्वास छ।’ उनले भने,  ‘दुख कष्टबाट मुक्त हुने भएपछि भूमिको पूजा गर्दै आएको र त्यसअनुसार नाचगान र प्रकृतिलाई पूजापाठको कार्यक्रम हुन्छ।’ पूजामा गाउँभन्दा टाढा रहेका पनि गाउँ फर्किने गर्छन्।  

     

मेगराज खड्का

इमेल : sancharkarmi.megraj@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]