राजनीति

'नेवा राज्य दिन्छु' भन्नेले नेवारको गुठी नै खोसे : सांसद लिङ्देन

असार १, २०७६

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेवा राज्य दिन्छु भन्नेहरूले नेवाहरूको गुठी खोस्न लागेको बताएका छन्। उनले गुठी नेपाली मौलिकता भएकाले त्यसमाथि प्रहार हुन नहुने बताए।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद लिङ्देनले गुठी परम्परा किराँत कालबाट सुरु भएर लिच्छवी कालमा अझै परिस्कृत मौलिक संस्कृति भएको बताउँदै त्यसमाथि प्रहार गर्न नहुने बताएका हुन्।

    सांसद लिङ्देनले गुठीमाथिको हस्तक्षेप केवल गुठीयारहरूमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएको बताए। उनले जंगल र सडकमा भएको बेला नेवारलाई ‘नेवा राज्य’ नै दिन्छु भन्नेहरूले अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन लागेको आरोप पनि लगाए। लिङ्देनले भने , 'म सरकारलाई आग्रह गर्न चाहन्छु- परिस्थिति बिग्रनु अगाडि नै गुठी विधेयकलाई फिर्ता लिएर संरक्षण र प्रवर्द्धन गर्नुपर्छ।’ उनले उपत्यका बाहिर रहेका मोहीहरूकोसमेत समस्याको समाधान हुनेगरी नयाँ विधेयक पेस गर्न आग्रह गरेका छन्।

    सनातन परम्पराका पक्षमा उभिएका जनतालाई होच्याउने र चिढ्याउने ढंगले गुठी परम्परा सामान्तवाद भन्नु आगोमा घ्यू थप्नु भएको लिङ्देनको भनाइ थियो।

    कुनै पनि देश भूगोलले मात्र नबन्ने बताउँदै भन्दै लिङ्देनले भने, ‘विसं २०३२ सालसम्म हाम्रै छिमेकमा सिक्किम भन्ने देश थियो, तर आज छैन। आज पनि सिक्किमको भूगोल कसैले बोकेर लगेको छैन, जहाँको त्यहीँ छ। नाम पनि उहीँ छ तर देश छैन। देश हुनको लागि भूगोलबाहेक अन्य स्थायित्वको आधारहरू पनि हुन्छ, त्यो समाप्त भएपछि देशको अस्तित्व स्वतः समाप्त हुँदो रहेछ।’ उनले थपे, 'हाम्रोमा स्थायित्व र पहिचानका आधारहरू अनेक बाहनामा भत्काउने क्रम बढिरहेको छ।’

    गुठीमाथिको आक्रमण स्थायित्व र पहिचानमाथिको आक्रमण भएको दाबी गर्दै लिङ्देनले  उक्त विधेयक रोक्न माग गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]