राजनीति

जनार्दन शर्मा भन्छन्- अर्थतन्त्रका नाममा बजारलाई छाडा छोडियाे

असार २, २०७६

    काठमाडाैं : सत्तारुढ दलका सांसद जनार्दन शर्माले बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै सांसद शर्माले विश्वव्यापिकरण लगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।

    सांसद शर्माले अखाद्य वस्तु आयातमा रोक लगाउन पनि माग गरे। उनले सञ्चार मन्त्रालयलाई नेपाल टेलिकमको सेवा गुणस्तरीय बनाउन आग्रह गरे। उनले प्रविधिको नाममा ग्राहकलाई दुख दिने काम बन्द गरि प्रविधिको विकल्प प्रविधि खोजी समस्या समाधान गर्न आग्रह गरे। फ्रिक्वइन्सी बाँडफाँडबारे समय समयमा चर्चा हुने गरेको भन्दै उनले नेपाल टेलिकम जस्तै अर्को सरकारी संस्था बनाउन सरकारलाई सुझाव दिए।

    उनले असंलग्न परराष्ट्रनीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए। असंलग्न परराष्ट्रनीति स्पष्ट नभएकाले जनता दोधारमा परेको भन्दै उनले सरकारको दृष्टिकोण स्पष्ट पारिनुपर्ने तर्क थियो। कतै पनि नढल्किइकन दृढतापुर्वक राष्ट्रिय हितमा उभिनुपर्नेमा उनले जोड दिए। विभिन्न देशका लागि नियुक्त गरिएका राजदूतले गर्ने काम, कर्तव्य र अधिकार तथा नियुक्तिको मापदण्डमा ध्यान पुर्याउन सरकारको ध्यानाकर्षण गराए।

    नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा  पनि त्यसबारे परराष्ट्रमन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको भन्दै उनले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराए। उनले भने, 'नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्नुभयाे। यसको बारेमा परराष्ट्रले के गर्‍याे खै? हामीले केही जानकारी पाएनौं।

    परराष्ट्रलाई केही थाहा छ कि छैन? उहाँहरु त्यसरी बोल्ने हो कि होइन? कसलाई हामी थुन्छौं। कसलाई हामी के गर्छौ भनेर भन्न पाइन्छ कि पाइँदैन ? यसको बारेमा के गर्यो परराष्ट्रले जनताले थाहा पाउनु पर्दैन त्यो कुरा?' नेपाल कुनै देशको निर्देशनमा नचल्ने भन्दै उनले विदेशी कुटनितिकज्ञहरूबाट हुने हस्तक्षेपकारी कार्य रोक्न माग गरे। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]