खेलकुद

महिला विश्वकप : नकआउट प्रवेशका लागि भिडदै चीन र स्पेन

असार २, २०७६

    काठमाडाैं : महिला विश्वकप समूह बी को आफ्नो अन्तिम खेलमा नकआउट चरण प्रवेशका लागि स्पेन र चीन आमने सामने हुँदैछन। स्टेड ओसिनमा नेपाली समय अनुसार पौने १० बजे खेल हुनेछ। २ खेलमा समान जित र हार व्योहोरेका टोलीबीच गोल अन्तरको आधारमा स्पेन दोश्रो र चीन तेश्रो स्थानमा रहेको छ। 

    खेल जस्ले जित्छ उस्ले जर्मनीसँगै नकआउट चरण प्रवेश गर्नेछ। महिला विश्वकपमा हालसम्म चीन र स्पेन पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन। चीनले युरोपेली देश विरुद्ध हालसम्म ८ जित निकालेको छ। यता स्पेनले एसिया राष्ट्र विरुद्ध जित निकाल्न सकेको छैन। २०१५ को संस्करणमा दक्षिण कोरियासंग भिडेको टोली २-१ ले पराजित बनेको थियो। 

    समूह बिजेता बन्ने दक्षिण अफ्रिकासँग भिडदै जर्मनी

    समूह बी को अन्तिम खेलमा प्रतिष्ठाका लागि दक्षिण अफ्रिकाले जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ। जारी विश्वकपको दुवै खेलमा हारेको दक्षिण अफ्रिका सान्त्वना जितको निकाल्ने लक्ष्यमा छ। यसअघिका खेलमा स्पेन र चीनसँग पराजय भोगेको छ। यता जर्मनी समूह विजेताको रुपमा नकआउट प्रवेशका लागि मैदान उत्रने छ। 
    समूह चरणका दुवै खेलमा जित निकालेको टोलीले हालसम्म एक गोल पनि व्योहाेरेको छैन।

    स्पेन र चीनलाई समान १-० ले हराउँदै जर्मनी ६ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ। खेल नेपाली समय अनुसार पौने १० बजे ले मोसन रंगशालामा हुने छ। जर्मनीले समूह चरणमा खेलेको २३ मध्ये हालसम्म १ खेलमा मात्र पराजित भएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]