राजनीति

कांग्रेसले संसदीय इतिहासकै निन्दनीय काम गर्‍यो : सांसद भट्टराई

फाइल फोटो
असार ३, २०७६

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्ट्रममा पुगेर पनि सम्बोधन गर्न नपाएपछि नेपाल कम्युनिस्ट पार्टीका नेताहरू प्रमुख प्रतिपक्षी कांग्रेसको आलोचना गरिरहेका छन्।

    प्रधानमन्त्री ओलीले मंगलबारको संघीय संसद प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्न पाएका थिएनन्।

    यस विषयमा नेकपाका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएर कांग्रेसले संसदीय व्यवस्था माथि नै धावा बोलेको बताएका छन्।

    भट्टराईले कांग्रेसले प्रधानमन्त्री बोल्नु अघि प्रतिपक्ष दलका नेताले बोल्न पाउनुपर्छ भनेर संसदमा अनैतिक कुरा गरेको आरोप लगाए। उनले आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको यो घटना नेपालको संसदीय इतिहासकै निन्दनीय घटना भएको प्रतिक्रिया दिए। संघीय संसद भवन परिसरमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा भट्टराईले भने, 'जनसरोकारका विभिन्न विषयमा सरकारको पोजिसन स्पष्ट पार्न रोष्ट्रममा पुग्नु भएका प्रधानमन्त्रीलाई बोल्न नदिएर, संसद चल्न नदिएर कांग्रेसले निन्दनीय काम गरेको छ।'

    प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्षी दलका नेतालाई बोल्न दिने सभामुखले भनिरहँदा पनि कांग्रेसले नमान्नु अत्यन्तै अनैतिक कुरा भएको भट्टराईको भनाइ थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]