समाज

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

प्रतीकात्मक स्केच
असार ३, २०७६

    भक्तपुर : सूर्यविनायक नगरपालिका–९, नलिनचोकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

    मंगलबार भएको दुर्घटनामा स्कुटर चालक ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ।

    जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प १२६६ नम्बरको स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो। मृतक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ का स्थानीय हुन्। उनी हाल भक्तपुर सुर्यविनायक–८ सिपाडोलमा बस्दै आएका थिए।

    घटनामा घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

    टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]