राजनीति

कांग्रेस सभापतिहरू भन्छन् : गुठी विधेयक अधिकार खोस्ने मात्र नभइ धर्म, संस्कृतिमाथि प्रहार

असार ३, २०७६

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। कांग्रेसका जिल्ला समापतिहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर सर्वसत्तावाद तर्फ उन्मुख सरकारले गुठीयारको अधिकार खोस्ने मात्र नभइ धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेको स्पष्ट भएको जनाएका छन्। 

    संविधानमा भएको प्रावधान ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण’ विपरित आएको गुठी विधेयक जग्गा व्यवस्थापनका नाममा गुठीयारको अधिकार खोसेर सरकारको नाममा ल्याइ गुठीको सम्पत्तिमाथि कब्जाको रणनीति लिएको स्पष्ट हुन्छ विज्ञप्तिमा भनिएको छ। कांग्रेसका जिल्ला सभापतिहरूले गुठीमा आइपरेका समस्या समाधान गर्नतर्फ सरकारको ध्यानाकर्षण गरेका छन्। 

    गुठी विधेयकविरुद्धमा भएको शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका संरक्षणकर्मी तथा विभिन्न गुठीयारमाथि भएको धरपकड प्रति उनीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारका विपरित सरकारको चरित्र निरंकुशतातर्फ उन्मुख भएको विज्ञप्तिमा उल्लेख छ।

    संविधानको प्रतिकूल धर्म संस्कृति र परम्परा विनास गर्ने गरी ल्याइएको विधेयक कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै जिल्ला सभापतिहरूले गुठी विधेयक संसद्बाट फिर्ता लिन माग गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]