समाज

सवारी दुर्घटनामा एक जनाको मृत्यु

असार ५, २०७६

    पर्वत : पर्वतको मोदी गाउँपालिका २ पातिचौरमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोदी गाउँपालिका ६ तिलाहारका ३५ वर्षीय कृष्णबहादुर थापा रहेका छन्।

    पोखराबाट बागलुङतर्फ आउँदै गरेका थापाले चलाएको ग ९ प ७७३७ नं. को मोटरसाइकल र कुस्माबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ६३५२ नं. को यात्रुवाहक बस पातिचौरमा आपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि तत्काल नै मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको भए पनि बाटोमा नै मृत्यु भएको हो।

    प्रहरीले बस र बसका चालक गोरखाका गोविन्द चेपाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]