विश्व

अमेरिकालाई इरानले दियो चेतावनी : आक्रमण गरे मध्यपूर्वमा गम्भीर प्रभाव पर्छ

असार ७, २०७६

    अमेरिकाले उसको हितका लागि इरानविरुद्ध  गर्ने कुनै पनि आक्रमणको प्रभाव मध्यपूर्व क्षेत्रका लागि गम्भीर हुने चेतावनी दिएको छ।

    ‘इरानविरूद्ध कुनै पनि किसिमको हतियारद्वारा हमला भएमा यसले अमेरिका र उसका सहयोगी मुलुकहरूमा पनि प्रभाव पार्नेछ’, इरानी तासिम न्यूज एजेन्सीले इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोलफाजल सेकार्चीलाई उद्धृत गर्दै लेखेको छ।

    सेकार्चीले भनेका छन्, ‘आज मध्यपूर्वको अवस्था इरानको लाभ बनेको छ। यदि शत्रु, खासगरी अमेरिका र यसका मध्यपूर्वस्थित सहयोगीले अमेरिकाको हितका लागि इरानमा हतियार विस्फोट गराइयो भने यसले समग्र क्षेत्रलाई नै तनावमा ल्याउनेछ।‘

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मानवरहित अमेरिकी विमानलाई तेहरानले खसालेपछि अमेरिका इरानमा आक्रमण गर्नका लागि ‘हतियारसहित तयार भइसकेको’ तर अन्तिम समयमा फिर्ता भएको भन्ने भनाईको जवाफमा इरानी सेनाको उक्त प्रतिक्रिया आएको हो।

    मानवरहित अमेरिकी विमानलाई खसालेकोप्रति तेहरानले आफ्नो आकासमा अमेरिकाले हस्तक्षेप गरी अन्तर्राष्ट्रिय कानूनको उलंघन गरेपछि विमान खसालिएको तेहरानको दाबी छ। तर अमेरिकाले भने यसलाई अस्वीकार गर्दै आएको छ र भनेको छ दुई मुलुकबीचको तनाव इरानले सामुद्रिक मार्ग भएर हिँडेका दुई तेल ट्याङ्करमाथिको ‘इरानी हमला’ पछि अमेरिकाले सुरक्षाका लागि सजक बनेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]