समाज

चाइनिज सुरक्षा दलको गाडी नम्बर प्लेट छोपेर किन आउँछ मुस्ताङमा?

प्रजिअ क्षत्री भन्छन्- सोलार प्यानल अनुगमनमा आएका हुन्

असार ८, २०७६

    पोखरा : नेपाल देश मित्र राष्ट्रहरू भारत र चीनसँग खुला सिमाना जोडिएको देश हो। खुला सिमाना भएकै कारण भारतीय नम्बर प्लेटका सवारीहरू भन्सार कर तिरेकै भरमा नेपालका जुनसुकै जिल्लामा सहजै पुग्छन्। तर, मुस्ताङको कोराला नाका हुँदै नेपाल प्रवेश गर्ने चीनका सवारीसाधनहरू भने भन्सार पासविनै हुइँकिन्छन्।

    जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री भने चाइनिजले बनाइरहेको सोलार प्लान्ट हेर्नका लागि चाइनिज सवारी आउने गरेको बताउँछन्। नम्बर प्लेट किन छोपेर आएको भन्ने प्रश्नमा उनले भने, ‘सोलार प्यानल अनुगमन गर्न आउँछन्। हामीलाई खबर गरेर आउँछन्। भन्सार भने तिर्दैनन्।’

    त्यसरी आउने गाडी इलाका प्रशासन कार्यालय लोमान्थाङ अगाडी हुँदै आवतजावत गर्ने गर्छन्। कोरला प्रवेश गरेका चाइनिज सवारीमा चीनकै सुरक्षा दलका पदाधिकारीहरू पनि आउने गरेको प्रमुख जिल्ला अधिकारी क्षत्रीले स्वीकारे।

    नेपाली सवारी चीनतर्फको भूभागमा जाँदा चिनियाँ सुरक्षाकर्मीको तत्कालै रोक्ने तर, चाइनिज सवारी नेपालतर्फ आउँदा विनारोकटोक आउने स्थानीय बताउँछन्। चीनतर्फबाट आएका सवारीलाई नेपाली सुरक्षाकर्मीहरुले समेत रोक्दैनन्।

    ‘सीमामा पुग्दैमा चीनको सुरक्षाकर्मी टाठो भएर बस्छन्, बाइकमा गाडीमा गयो भने त रोकेरै सोध खोज गर्न थाल्छन्,’ एक स्थानीयले भने, ‘उताबाट आउने सवारीलाई न नेपाली सुरक्षाकर्मीले चेकजाँच गर्छन्। न त्यो गाडी ल्याउनेले भन्सारमा पास लिएको छ। उताबाट सवारी सधैँजसो आइरहन्छन्। कसैको रोकटोक हुँदैन।’  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]