समाज

होटलमा जुवा-तासको खाल, डेढ लाखसहित ८ जना पक्राउ

असार ८, २०७६

    काभ्रे : धुलिखेल नगरपालिका-६ स्थित नर्थपोल होटलबाट एक लाख ५७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्।

    विशेष सूचनाका शनिबार बेलुका ९ बजे होटलमा छापा मार्ने क्रममा नगदसहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए । 

    लुकिछिपी होटलमा तास खेलाइरहेको सूचनाका आधारमा छापा मार्दा होटल सञ्चालकसहितलाई पक्राउ गरिएको बताए । प्रहरीका अनुसार तास खेलिरहेका ८ जनाको साथबाट नेपाली रुपैयाँ १ लाख ५७ हजार नेपाली, १९ अमेरिकी डलर, भारु ५ हजार ९ सय १० रुपैया, ३१ युरो र १० अष्ट्रेलियन डलर बरामद भएको छ । 

    पक्राउ पर्नेमा होटल सञ्चालक दीपेन्द्र धिताल र सुवास गिरी, नारायण भुजेल, रामेश्वर तिमल्सिना, सुमन तिमल्सिना, नवराज सुवाल, अमृत भण्डारी र कुमार गिरी छन्। पक्राउ परेकालाई जुवा तास ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरि कारबाही थालिएको गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]