समाज

गाउँमा स्वास्थ्य शिविर लिएर पुगे विप्लव पुत्र प्रकाश

असार ९, २०७६

    कपिलवस्तु : बाबु नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अहिले सरकारको प्रतिबन्धमा छ । सरकारी प्रतिबन्धसँगै नेत्रविक्रम अहिले पूर्ण भूमिगत अवस्थामा छन्। 

    छोरा प्रकाश चन्द चितवन मेडिकल कलेजमा डाक्टर पढिरहेका छन्। केही महिनाअघि प्रहरीले विप्लवको गाउँ कपिलवस्तुको शिवगढीमा सर्च अप्रेशन चलाएर केही आधुनिक हतियार बरामद भएको दाबी गरेको थियो । 

    सुरक्षाकर्मीसहित देशकै ध्यान खिच्न सफल विप्लवको त्यही गाउँमा शनिबार र आइतवार  सहिद स्मृति प्रतिष्ठान कपिलवस्तुको आयोजनामा  स्वास्थ्य शिविर चलाइयो ।

    उक्त स्वास्थ्य शिविरको नेतृत्व गरेका थिए विप्लवका उनै छोरा एवम् जनस्वास्थ्यकर्मी महासंघका महासचिव प्रकाश चन्दले गरेका थिए । शिवगढी नगरपालिका-३ भगवानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय प्राङ्गणमा स्वास्थ्य शिविर चलाइएको हो । 

    दुई दिनसम्म सञ्चालित स्वास्थ शिविरमा हाडजोर्नी, गाइनो, नाक, कान तथा घाँटी, छाला तथा यौनरोग, बालरोगसहितको प्राथमिक उपचार तथा स्वास्थ्य जाँचत गरियो । स्वास्थ्य शिविरमै  प्रयोगशाला सेवा पनि थियो। 

    प्रकाशको नेतृत्वमा सञ्चालित शिविरको पहिलो दिनमै १५ सय स्थानीयको स्वास्थ्य जाँच र उपचार गरियो । दोस्रो तथा अन्तिम दिन १२ सय विरामीले शिविरमा उपचार गराए। 

    विप्लवका परिवार ? 

    नेकपानिकट पत्रकार प्रकाश डुम्रेका अनुसार कपिलवस्तुको शिवगढीमा अहिले पनि विप्लवको घर छ। जहाँ उनका आमासहित परिवारका अन्य सदस्य बस्छन्। विप्लवका तीनै दाजुभाइ राजनीतिमा छन् ।

    जेठा दाजु चन्द्रबहादुर चन्द 'वीरजङ्ग' नेकपाकै पोलिट्ब्युरो सदस्य हुन्। माहिला दाजु जयन्द्र चन्द्र पार्टीसम्बद्ध खेलकुद महासंघका अध्यक्ष छन् । 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]