समाज

रुपन्देहीमा सामूहिक बलात्कार, प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ

संयोजकसहित १२ जनामाथि आरोप

असार ९, २०७६

    रुपन्देही : रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको खुलेको छ। गैडहवा गाउँपालिकाका दुई युवतीलाई यही असार २ गते राति युवाको समूहले बलात्कार गरेको घट्ना बाहिर आएको छ।

    पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले घटना बाहिर ल्याउन ढिलाइ भएको स्थानीयले बताएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रममा गाउँपालिका संयोजकसमेत रहेका गैडहवा गाउँपालिका ८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ। अन्य आरोपीहरू फरार रहेका इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए।  

    प्रहरीका अनुसार फरार रहेका आरोपी विण्णु थारुले असार २ गते साँझ ती युवतीलाई खाजा खानका लागि बोलाएको र अन्य दुई युवासँग मिलेर बलात्कार गर्न खोज्दा एक युवती भागेकी खुलेको छ।

    तर भागेकी युवतीले गुहार माग्दा हसनापुर गाउँका स्थानीय जीवन ज्ञवालीसहित चार जनाले सहयोग नगरी उल्टै उनीमाथि पनि बलात्कार गरेका पीडितलाई उद्धृत गर्दै गैडहवा–९ का अध्यक्ष टेकबहादुरले बलालले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]