राजनीति

रिक्त पदमा निर्वाचन प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

निर्वाचन आयोगको भाबी रणनीतिबारे शितलनिवासमा छलफल

फाइल फाेटाे
असार ९, २०७६

    काठमाडौं : प्रधानमन्त्री कपी शर्मा ओलीले रिक्त रहेका पदमा निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छन्। सोमबार राष्ट्रपति भवन शितलनिवासमा भएको निर्वाचन समीक्षा र भावि रणनीति विषयक अन्तक्रियामा प्रधानमन्त्री ओलीले देशभर विभिन्न कारणले रिक्त रहेका पदमा चुनाव गराउन आयोगलाई निर्देशन दिएका हुन्। 

    देशभर अहिले ९०० भन्दा बढी जनप्रतीनिधि रिक्त छन्। प्रतिनिधिसभा, प्रदेश सभा, उपमहानगर, गाउँपालिका र वडाध्यक्षको पदसहित ४७ जना जनप्रतिनिधिको पद रिक्त छ।

    शितलनिवासमा आयोगले सम्पन्न गरेका निर्वाचनको समीक्षा भएको छ। आयोगको भावी रणनीति बारेमा पनि विस्तृत रुपमा छलफल भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।

    कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्य १२ दलका अध्यक्ष तथा पदाधिकारी, पूर्व निर्वाचन आयुक्तहरू, विज्ञहरू सहभागी थिए। अन्तक्रियामा आयोगको तेस्रो रणनीतिक योजनाबारे सुझाव संकलन भएको प्रवक्ता खरेलले जानकारी दिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]