समाज

सिंगो गाउँपालिका हेर्ने १ जना वडासचिव, सेवाग्राहीलाई सास्ती

असार १०, २०७६

    संखुवासभा : जिल्लाको दुर्गम उत्तरी भोटखोला गाउँपालिकामा पाँच वडा एक वडा सचिवको भरमा चलेको छ। सिंगो गाउँपालिकामा एकजना वडासचिव भरमा चलिरहेको छ। एकजना वडा सचिवले ५ वटै वडाको सेवा प्रवाह गर्न नसक्दा सेवाग्राहीले सास्ती पाएका छन्।  

    दुर्गम र विकट गाउँपालिका भएकाले दरवन्दी अनुसारका कर्मचारी समेत कम आउने गरेका छन्। दुर्गम गाउँपालिका दरबन्दी २७ जना भए पनि कार्यरत अस्थायी कर्मचारी पाँचजना मात्र रहेको गाउँपालिका कार्यालयले जनाएको छ।

    भौगोलिक रुपमा अति नै विकट भए पनि ५ वटा वडा एक सचिवले सञ्चालन गर्नुपर्ने बाध्यता रहेको वडा सचिव नायव सुब्बा दावा लामाले जानकारी दिए। सडक सञ्जाल समेत नपुगेको भोटखोलाकाको ५ वटै वडा हिडेर पुग्नु पर्ने बाध्यता रहेको सचिव लामाले बताए। भौगोलिक रुपमा विकट भएका कारण भोटखोलामा हिडेर नै सबै वडा कार्यालयमा पुगेर सेवा दिन ज्यादै कठीन भएको उनले बताए।

    सचिव लामाले भने पैदल हिडेर हरेक वडामा महिनामा ३/४ दिनमा सेवा दिन सक्ने बताए। उनले भने प्रत्येक वडामा सेवा दिन जाँदा महिनामा ३/४ दिन भन्दा सेवा दिन नसकेको स्वीकार गरे। भौगोलिक रुपमा विकट भएका कारण एक वडा कार्यालयबाट अर्को वडा पुग्न चार दिन सम्म लाग्ने गरेको सचिव लामाको भनाइ छ।

    वडा कार्यालय पुग्ने समय धेरै खर्चनु पर्ने भएकाले धेरै जसो समय गाउँपालिका कार्यालय मै बसेर सेवा प्रवाह गर्ने गरेको बताए। थुदामबाट वडा २ को वडा कार्यालय च्याम्ताङ आउन ३ दिन लगाएर वडा कार्यालय पुगे पनि वडाले दैनिक रुपमा सेवा दिन नसक्दा हैरान र सास्ती पाउने गरेका छन्। भोटखोला गाउँपालिकामा करिब ६ हजार ५७६ जनसंख्या रहेको जनाइएको छ। 

    विद्युत् र सञ्चार समेत छैन 

    जिल्लाकै दुर्गम र विकट क्षेत्र मानिने भोटखोलामा विद्युत् र सञ्चार सेवा समेत नहुदाँ अझै समस्या हुने सचिव लामाले बताए। जनशत्ति र सञ्चार समेत नहुँदा सेवा प्रबाह समेत प्रभावकारी दिन नसकेको बताए। भोटखोलामा अहिले प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायव सुब्बा (वडा सविच र कृषि शाखा प्रमुख), खरदार खानेपानी सरसफाई प्राविधिक स्थाई कर्मचरी रहेका छन्।

    २७ जनाको दरबन्दी भएपनि स्थायी कर्मचारी पाँच जनामा मात्र हुँदा सेवा प्रवाह समेत स्तरीय सेवा दिन समेत नसकेको समस्या हुने गरेको छ। कर्मचरी अभाव र भौगोलिक विकटताका कारण सोचे जस्तो काम गर्न नसकेको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए।

    कर्मचारी अभावले गाउँगाउँमा सिहदरबार पुर्‍याउन अझै कठिन हुने उनको भनाई छ। भोटखोला क्षेत्र भौगोलिक विकटता भएकाले कर्मचारी समेत जान नमान्ने गरेको गाउँपालिका अध्यक्षले बताए। गाउँपालिकामा दुर्गम भत्ता कर्मचारीले पाउने भए पनि कर्मचारीको आकर्षण कम रहेको छ।

    कर्मचारीलाई आकर्षित गराउन गाउँपालिकाले थप मासिक चार हजार रुपैयाँ समेत दिने व्यवस्था गरेको पालिकाले जनाएको छ। भौगोलिक विकता र महँगीका कारण कर्मचारी आकर्षण नदेखिएको हो।

    जिल्ला सदरमुकाम खाँदबारीदेखि करिब ३० कोस टाढा रहेको भोटखोला गाउँपालिका चीनको सिमानामा रहेको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]