विश्व

ट्रम्प र पुटिनबीच इरानबारे छलफल हुने

इरानी राष्ट्रपति भन्छन् – अमेरिकासँग युद्ध चाहेका छैनौँ

असार ११, २०७६

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ।

    जी २० सम्मेलनका क्रममा जापानमा पुटिन र ट्रम्पबीच यही हप्ता भेटवार्ता हुने रुसी विदेश मन्त्रालयले बुधबार जनकारी दिएको छ।

    उनीहरूबीच इरानसँग अमेरिकाको चर्किदो विवाद र सिरिया सङ्कटका बारेमा कुराकानी हुने अधिकारीहरूले बताएका छन्।

    इरानसँगको विवाद चर्किदै गएकाले विभिन्न देशका शीर्ष नेताहरूसँग छलफल गरिरहेको अमेरिकी पक्षले रुसी राष्ट्रपतिसँग पनि छलफल गर्न लागेको हो।

    पुटिनले जापान भ्रमणका क्रममा बेलायती कामचलाउ प्रधानमन्त्री थेरेशा मे, टर्कीका राष्ट्रपति रेसेप तयप एड्रोगान, साउदी युवराज मोहम्मद बिन सलमानलगायतसँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ।

    पुटिनले ट्रम्पसँग यही आउँदो शुक्रबार जापानको पश्चिमी शहर ओसाकामा भेट्नु हुने अधिकारीहरूले जनाएका छन्।

    इरान अमेरिकासँग कहिल्यै युद्ध चाहँदैन : राष्ट्रपति रुहानी

    यसैबीच इरानी राष्ट्रपति हसन रुहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध नचाहेको बताएका छन्। उनले बुधबार यस्तो अभिव्यक्ति दिएका हुन्।

    इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति रौहानीको यो अभिव्यक्ति आएको हो। पछिल्ला केही महिनायता यी दुई देशबीचको तनाव चुलिएको छ।

    इरानलाई कसैसँग पनि तनाव बढाउने कुनै इच्छा छैन– उनलाई उद्धृत गर्दै इरानी सञ्चार माध्यमहरूले जनाएका छन्। यस क्षेत्रमा इरानका कारणले कुनै असहज अवस्था होस् भन्नेमा पनि इरान नरहेको रुहानीको दाबी थियो।

    हामी कसैसँग पनि युद्ध चाहँदैनौ, हामी अमेरिकासँग पनि चाहँदैनौ– रुहानीले भनेका थिए। उनले यो अभिव्यक्ति उनका फ्रान्सेली समकक्षीसँग बुधबार गरेको फोनवार्तामा व्यक्त गरेको पनि समाचारमा जनाइएको छ।

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँगको फोन वार्ताका क्रममा इरानी राष्ट्रपतिले यस्तो अभिव्यक्ति राखेका हुन् इरानी सरकारी समाचार समिति इर्नाले जानकारी दिएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै विवाद भएको स्वीकार पनि गरेका थिए। उनका अभिव्यक्तिहरूबाट यी दुई देशबीच ठूलो तनाव रहेको भान परेको थियो।

    इरानले हालैमात्र एक अमेरिकी ड्रोनमाथि हमला गरेर इरानी भूमिमा खसालिदिएको थियो। त्यसपछि अमेरिका र इरानको विवाद झन् बढ्दै गएको छ।

    आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर सो ड्रोन खसालिदिएको इरानले बताएको छ।

    तर इरानको यो भनाई सत्य नरहेको अमेरिकी दाबी छ। अमेरिकी ड्रोनले इरानको सीमाना ननाघेको अमेरिकाले बताउँदै आएको छ।

    पछिल्लो समयमा अमेरिकी ट्यांकरहरूमा इरानमा आक्रमण गरी जलाउने काम भएको छ। अज्ञात समूहहरूले अमेरिकी ट्यांकरहरूमा हमला गर्ने गरेका छन्। त्यस हिंसामा इरानको हात रहेको अमेरिकाले आरोप लगाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]