समाज

बर्डफ्लु प्रभावित हेटौँडाका किसानलाई साढे ४ करोड क्षतिपूर्ति

असार १२, २०७६

    हेटौंडा : मकवानपुरका बर्डफ्लु पीडित किसानहरुले क्षतिपूर्ति पाएका छन्। बर्डफ्लु रोगबाट संक्रमित कुखुरा मकवानपुरको सरकारी टोलीले नष्ट गरेपछि प्रभावित ५४ परिवारलाई रकम हस्तान्तरण भएको हो।

    प्रदेश ३ को प्राकृतिक जलाशय प्रवर्धन एवं संरक्षण केन्द्रको आयोजनामा बुधबार गरिएको कार्यक्रममा किसानहरूलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रकमको चेक हस्तान्तरण गरेका हुन्। 

    प्रभावित वडा नम्बर ७, ८, १७ र १६ लगायतका ५४ जना किसानले चार करोड ४२ लाख ११ हजार रुपैँया प्राप्त गरेका  छन्।  हेटौँडाका विभिन्न वडामा बर्डफ्लु देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले क्षतिपूर्ति दिनेमा शर्तमा विभिन्न समयमा ६६ हजार ५ सय ४६ वटा कुखुरा नष्ट गरेको थियो।

     हाल मकवानपुर जिल्लामा तीन हजार कुखुरा व्यवसायी रहेको कुखरा व्यवसायी संघ मकवानपुरले जनाएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]