स्वास्थ्य

अस्पतालमा विद्युत् समस्या : एक हप्तादेखि सेवा प्रभावित

प्रतीकात्मक तस्विर
असार १२, २०७६

    झापा : दमक अस्पतालमा विद्युत् पर्याप्त नआएपछि एक सातादेखि सेवा प्रभावित भएको छ। अस्पतालमा जडित विद्युतमा एक्कासि भोल्टेज पर्याप्त नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित भएको हो। 

    भोल्टेज आवश्यकताअनुसार प्रवाह नभएपछि अस्पतालबाट उपलब्ध हुने ल्याबसहित एक्सरे, इसिजीलगायतका सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा मनिषकुमार शर्माले बताए। विद्युत् नियमित गर्न स्थानीय सरकार र विद्युत् प्राधिकरणमा गुनासो राखे पनि हालसम्म सुनुवाइ नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित भएको उनको भनाइ छ। ल्याब, एक्सरे, इसिजीसहित नियमित खोपका सेवासमेतमा सिफारिस गरी पठाउनुपर्ने अवस्था आएको छ।

    दमक–१ स्थित जिल्लास्तरीय सो सरकारी अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामीले  सेवा लिँदै आएका छन्। अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईका अनुसार विद्युत् आपूर्तिमा समस्या भएपछि अस्पताल ‘रिफर सेन्टर’ बन्न पुगेको छ। स्वास्थ्य जाँच मात्र गर्ने र ल्याबका लागि अन्यत्र पठाउनुपर्ने अवस्था रहेको उनी बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]