राजनीति

प्रदेश १ का मुख्यमन्त्रीले भने : विप्लव पनि नेकपामा आउँछन्

साउन १९, २०७६

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा (विप्लव)समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव स्वयं नेकपामा प्रवेश गर्ने दाबी गरेका छन्।

    नेकपा विप्लव समूहबाट विद्रोह गरी नेकपामा प्रवेश गरेका भोजपुरका नेता एकराज घिमिरेलाई पार्टी प्रवेश गराउँदै मुख्यमन्त्री शेरधन राईले यस्तो बताएका हुन्। आइतबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले संविधानसभाबाट संविधान जारी भएर संघीय लोकतन्त्र स्थापना भइसकेपछि कुनै विद्रोह वा क्रान्ति आवश्यक नहुने बताए। जनता देशका मालिक भएको अवस्थामा ठूला राजमार्गमा हिँड्न छोडेर बरालिएर सानो गोरेटो वा गल्छीमा विप्लव हिँडिरहेको भन्दै उनले ठूलो राजमार्गमा हिँड्न विप्लव समूहलाई आग्रह पनि गरे।

    कार्यक्रममा बोल्दै नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले सशस्त्र विद्रोह गरेर आएका पार्टी मात्रै कम्युनिष्ट हुन्छन् भन्ने भ्रम हटाउन विप्लव समूहलाई आग्रह गरे। उनले देशमा दुई तिहाई मत प्राप्त गरेर सरकार संचालन कम्युनिष्ट पार्टीले गरिरहेको र अन्तर्राष्ट्रिय शक्तिहरु पार्टी फुटाउन लागिरहँदा विप्लव अर्को बाटो हिँड्नु उपर्युक्त नभएको बताए।

    कार्यक्रमका अवसरमा नेकपा विप्लव समूह भोजपुर जिल्लाका सचिवालय सदस्य तथा जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य घिमिरेले नेकपा प्रवेश गरेको घोषणा गरेका थिए। उनले अब विद्रोहको बाटो उपर्युक्त नहुने देखेर आफू माउ पार्टीमै फर्किएको बताउँदै अब शान्तिपूर्ण ढंगले सांस्कृतिक क्रान्ति गर्ने बताएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]