विश्व

कुर्दिशविरुद्धको लडाइमा हामी तयार छौँ : टर्की

असोज २२, २०७६

    कुर्दिश फौजविरुद्धको हमलाको लागि आफू तयार रहेको टर्कीले जानकारी दिएको छ। उक्त जानकारीलगत्तै उसले सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बाक्लो पारेको छ।

    उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ता गरिएलगत्तै सो क्षेत्रमा टर्कीले दर्जनौँ सैन्य गाडी पठाएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दहरूलाई भने नत्यागेको बताएका छन्।

    अमेरिकाले कुर्दिश समूह रहेको क्षेत्रबाट आफ्नो फौज फिर्ता लगेर उनीहरूमाथि टर्कीको हमलाका लागि बाटो खोलिदिएको भनाई पनि आएको छ।

    कुर्दिश फौजले राष्ट्रपति ट्रम्पको निर्णयलाई धोकापूर्ण भएको आरोप लगाएका छन्। इस्लामिक स्टेट्स (आइएस) लडाकू पराजित गर्न अमेरिकालाई सघाएका ती फौजले ’पीठमा छुरा’ प्रहार गरिएको प्रतिक्रिया उनीहरूको दिएका छन्।

    तर राष्ट्रपति सिरियामा तैनाथ १ हजार अमेरिकी सेनामध्ये केवल ५० जना मात्र फर्काइने संकेत गरेका छन्।

    यसैबीच टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोगान राष्ट्रपति ट्रम्पको निम्तोमा नोभेम्बर १३ मा अमेरिका भ्रमणमा आउने ह्वाइट हाउसले पुष्टि गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]