समाज

सांस्कृतिक पहिचानको ऐतिहासिक रामलीला मञ्चन

असोज २३, २०७६

    बाँके : नेपालगञ्जको सांस्कृतिक पहिचानका रुपमा रहेको ऐतिहासिक रामलीला मञ्चन समापन भएको छ । यो वर्ष रामलीलाको १५२ औँ संस्करण बुधबारराति समापन भएको हो। 

    एकसय ५२औँ वर्षमा प्रवेश गरेको नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्य, सभ्य र सफलरुपमा सम्पन्न भएको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए।

    सञ्चालक समितिका कार्यवाहक अध्यक्ष कानोडियाका अनुसार, भारतको वृन्दावनबाट ल्याइएका कलाकारले रामलीला मञ्चन गरेका हुन्। धनुषयज्ञ, रावणबध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन भएको छ। वृन्दावनका प्रसिद्ध कलाकार राधारमण शर्मा नेतृत्वको १५ जनाको टोलीले यो वर्षको रामलीला मञ्चन गरेको सञ्चालक समितिका सञ्चालक समितिका महामन्त्री जगदीशप्रसाद वैश्यले जानकारी दिए।

    समापन समारोहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगञ्ज धार्मिक सद्भावको शहर भएकाले यहाँ धार्मिक विशिष्टता रहेको बताए । 'यहाँ विभिन्न धर्मका मानिस बस्छन्। सय बढी भाषाभाषी बोलिन्छन्', मन्त्री राईले भने, \नेपालमा भौगोलिक रुपमा तराई, पहाड, हिमाल छन्, तर सबै मिलेर बसेका छन्', मन्त्री राईले भने, 'नेपालगञ्जले धार्मिक तथा सामाजिक सद्भावका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ।' 

    सो अवसरमा रामलीला सञ्चालक समितिले मन्त्री राईलाई सम्मान गरेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]