प्रवास

युरोप पठाउने भन्दै कतार पुर्‍याएर अलपत्र

असोज २४, २०७६

    दोहा : पोल्याण्ड, पोर्चुगल, टर्कीलगायत युरोपेली मुलुकमा पठाउने भन्दै ठगी गर्ने क्रम बढेको छ। केही दिन यता युरोपेली मुलुक साथै अन्य देशहरुमा पठाउने भन्दै कतार ल्याएर अलपत्र पार्नेको उजुरी बढेपछि कतारस्थित नेपाली दूतावासले सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ। 

    नेपालबाट पोल्याण्ड लगायतका युरोपेली मुलुकहरुमा पठाइदिने भनी नेपाली नागरिकहरुलाई कतार ल्याई अलपत्र पारेको र ठूलो रकम असूल गरी सम्पर्कमा नरहने गरेको गुनासो आउने गरेको समेत दूतावासले जनाएको छ। 

    नेपालबाट कुनै तेस्रो मुलुक जानका लागि कतार आइरहनु नपर्ने र कतारको वर्किङ भिसा  प्राप्त गरेको अवस्थामा अन्य तेस्रो मुलुक जान पाइने प्रावधान छैन। यस्तो अवस्थामा केही व्यक्तिले नेपाली नागरिकहरुलाई आकर्षक जागिरको प्रलोभन देखाई पोल्याण्डलगायत युरोपेली मुलुक पुर्‍याउने नाममा ठूलै मात्रामा रकम असुल गरिरहेको गुनासो आएकाले कसैको सम्पर्कमा यस्ता व्यक्तिहरु आएमा विश्वास नगर्न दूतावासले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]