फिचर : फोटो फिचर

सीको राजकीय भ्रमण : काठमाडौं अवतरणदेखि होटल प्रस्थानसम्म (फोटो फिचर)

असोज २५, २०७६

    काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। 

    शनिबार अपराह्न करिब पौने ५ बजे काठमाडौं अवतरण गरेका राष्ट्रपति सीलाई विमानसम्मै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन्। 

    सीको भ्रमण टोलीमा ९० अधिकारी रहेको बताइएको छ। उनी भारतको चेन्नइबाट नेपाल आइपुगेका हुन्। 

    चिनियाँ राष्ट्रपतिको त्रिभुवन विमानस्थलमा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए। 

    सीको सम्मानमा विभिन्न सांस्कृति झाँकी प्रस्तुत गरिएको थियो भने पञ्चकन्याले फूलमालाले स्वागत गरेका थिए। नेपाली सेनाले सलामी अर्पण गरेको थियो। 

    चिनियाँ राष्ट्रपति सीको विमानस्थलदेखि उनी बस्ने होटल सोल्टीसम्म स्वागत भएको थियो।जनप्रतिनिधि, सरकारी कर्मचारी र सर्वसाधारणले तीनकुने, बानेश्वर, माइतीघर, त्रिपुरेश्वर,टेकु, कालिमाटी, सोल्टीमोडमा नेपाल र चीनको झन्डा फर्फराएर स्वागत गरेका थिए। 

    यहाँ हामीले चिनियाँ राष्ट्रपतिको विमान अवतरणदेखि उनी बस्ने होटल सोल्टी जाने बेलाका तस्वीर   प्रस्तुत गरेका छौँ :

     

     

     

     

     

     

     

     

     

     

     

दिपक केसी

दीपक केसी फोटो पत्रकार हुन्। .

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]