राजनीति

राष्ट्रपति सी र सत्तारुढ नेकपा सचिवालय सदस्यबीच भेटवार्ता

असोज २६, २०७६

    काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनपिङले  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गरेका छन्।  

    आज बिहान साढे दस बजे राष्ट्रपति सीले सचिवालय सदस्यसँग सामूहिक भेट गरेका हुन्।  भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

    राष्ट्रपति सीले हिजो राष्ट्रपति विद्यादेवि भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गरेका थिए। उनले केहिबेरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने छन्।

    भेटवार्ताका लागि प्रधानमन्त्री ओली होटल सोल्टी क्राउन प्लाजा पुगिसेका छन्।  आजै दुई देशबीच महत्त्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ। दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका सी आजै मध्याह्न स्वदेश फर्कनेछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]