फिचर

श्रीद्धिलाई अपांगताले रोकेन पढ्न : भन्छिन्- 'मिहिनेतको फल पाएँ'

शिक्षाक्षेत्रलाई सेवामूलक बनाइने

दीक्षित भएपछि खुशी व्यक्त गर्दै श्रीद्धि श्रेष्ठ
पुस ३, २०७६

    काठमाडौं : जन्मजातै अपांगता भएकी व्‍यक्ति हुन् श्रीद्धि श्रेष्ठ। उनको दुवै खुट्टा चल्दैनन्। काठमाडौं स्थायी घर भएकी २३ वर्षीया श्रेष्ठलाई अपांगताले पढ्‍नमा रोक्न सकेन। 
    उनले सानैदेखि ह्विलचियरलाई खुट्टाको साहारा लिँदै संघर्ष गरेर पढिन्। उनको मिहिनेतको फल बिहीबार पाएकी छिन्।

    त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह कार्यक्रम पुल्चोकमा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट व्याचलर इन कम्प्युटर इन्जिनियरिङको दीक्षित पाएकी हुन्। उनी भन्छिन्,‘लक्ष्य त ठूलै राख्नुपर्छ भन्ने सुनेर सानैबाट ठूलै राखेको थिए पूरा हुने रहेछ। आज त्रिविबाट दीक्षित हुन पाउँदा खुशीको वर्षा छाएको छ। मेरो मिहिनेतको फल आज पाएँ।’

    उनले सानैबाट ठूलो लक्ष्य बोकेर अघि बढेमा एक दिन सफलता मिल्ने बताइन्। ‘आज मेरो परिवार धेरै खुशी छन्,’श्रेष्ठले थाहाखबरलाई भनिन्,‘सायद मेरा परिवारले म दीक्षित हुन्छु भनेर सोचेका समेत थिएनन् होलान्। क्याम्पस र परिवारकै सहयोगले आज शिखर चुमी प्रमाणित गर्न सकेकी छु।’ श्रेष्ठको यत्तिमै मात्रै पढाइ सीमित हुने छैन।उनले माष्टर गर्ने सोच लिएको बताइन्।                                                                                                                                                                     

    यस्तो देखियो त्रिविको दीक्षान्त समारोह (फोटो फिचर)

    अर्का शारिरिक रूपमा अशक्त हरिचन्द्र श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसबाट दीक्षित हुन पाएकोमा खुसी व्यक्त गरे। उनले भने,‘कार्यक्रमको समारोहमा दीक्षित हुन पाउँदा गौरव अनुभूति भएको छ। मिहिनेत गरे फल राम्रो पाइन्छ भन्ने आज थाहा भयो।’

    उनका अनुसार २०७२ सालको भूकम्प आउँदा लडेर उनको मेरुडण्ड भाँचिएको छ। त्यसैले कम्मरमुनिका केही अंग चल्दैनन्। ‘मेरुडण्ड भाँचिएपछि सुरुमा शंकरदेव क्याम्पस जान सकेको थिइनँ,’उनले भने,‘घरमा बसेर आफैँ पढ्ने गर्थें। धेरै मिहिनेत गरेको छु। सफलता प्राप्त गर्न सकिँदैन कि भन्ने डर थियो। तर, आज राम्रो सफलता हासिल गर्न सकेको छु।’ 

    दीक्षित भएपछि साथीसँग खुसी हुँदै हरिचन्द्र श्रेष्ठ

    उनले आफैँ राम्रो  कम्पनी खोल्ने योजनामा रहेको सुनाए। लक्ष्य प्राप्तिका लागि मनैदेखि इच्छा जगाएर पढ्न शारिरिक रूपमा फरक क्षमता भएका अन्यलाई उनको सुझाव छ।

    उमेरले छेक्दैन पढाइ 
    कीर्तिपुरमा बस्दै आएका ५६ वर्षीय उमेशप्रसाद आचार्यले मानविकी संकायको विद्यावारिधिबाट दीक्षित हुन पाउँदा खुशी व्यक्त गरे। ‘म सकरात्मक सोच्‍ने मान्छे,’उनले भने,‘उमेर जति गए पनि पढाइलाई कसैले रोक्न सक्दैन। आज दीक्षित हुन पाउँदा खुसी भएको छु।’

    उनले नेपालको विकासका लागि अगाडि बढ्न अझै यसले अभिप्रेरणा दिएको बताए। उक्त समारोहमा कुल ७० हजार ७७ जना विद्यार्थीमध्ये १० हजार एक सय ८३ जना विद्यार्थी दीक्षान्त भएका छन्। शिक्षाक्षेत्रलाई सेवामूलक बनाउँदै लैजाने

    सहकुलपति,शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त दीक्षान्त समारोह कार्यक्रममा दीक्षित भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै शिक्षा क्षेत्रलाई सेवामूलक बनाउँदै लैजाने बताए। उनले भने,‘शिक्षाक्षेत्रलाई सेवामूलक बनाउँदै लैजाने तथा उच्च शिक्षालाई सहज,गुणस्तरीय र पहुँचयोग्य बनाई निःशुल्क बनाउँदै लैजाने जस्ता कुराहरु संविधानले नै नीतिनिर्देशन गरेको छ। त्यसैले अब हाम्रो यात्रा सार्वजनिक शिक्षाको सवलिकरण,नीजि तथा सहकारीका लगानीको नियमन गर्दै सेवामूलक बनाउनेतर्फ यो सरकार केन्द्रित हुनेछ।’

    दीक्षित भएका विद्यार्थीले देशबाट के पाएको भन्दा पनि मैले देशलाई के दिँदै छु भन्नेमा विद्यार्थीले सोच लिनुपर्ने पोखरेलले बताए। ‘आजको दिन तपाईंहरूको अविष्मरणीय दिन हो,’उनले भने,‘भोलि देशलाई कुन दिशामा लैजाने हो, त्यो तपाईंहरूकै हातमा छ।

    देशबाट मैले के पाएँभन्दा पनि मैले देशलाई के दिएँ,के दिँदै छु भन्नेमा केन्द्रित हुनुपर्छ।’ मन्त्री पोखरेलले उच्च शिक्षामा पँहुच विस्तार,गुणस्तर सुधार र आधुनिक प्रविधिको प्रयोग गर्नेतर्फ अघि बढ्नु पर्नेमा जोड दिए।

श्याम राई

राई शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]