अर्थ

मूल्य घटेका कारण सल्यानको टिमुर गोदाममै थन्कियो

पुस ३, २०७६

    सल्यान : टिमुरले मूल्य नपाएपछि व्यवसायिक टिमुर खेती गर्दै आइरहेका सल्यानका किसान समस्यामा परेका छन्। टिमुरले उचित मूल्य नपाँउदा किसान घर र गोदामै थन्काएर राख्न बाध्य भएका हुन्। 

    विगतमा वर्षहरूमा राम्रो मूल्य पाएको टिमुरले यो वर्ष मूल्य नपाएपछि व्यवसायिक टिमुर खेती गरी रहेका किसान बढी मारमा परेको बताएका छन्। यस वर्ष टिमुरको उत्पादन बढे पनि मूल्य नपाएको बनगाड कुपिन्डे नगरपालिका ९ शेराका पूर्णबहादुर बुढाले बताए।

    बुढाले आफूसँग अहिले १० क्विन्टल टिमुर भए पनि मूल्य नपाउदा गोदामै थन्किएको बताए। उनले भने, ‘गतवर्ष एक क्विन्टलको ७० देखि ८० हजार रुपैयाँसम्ममा बिक्री भएको टिमुर यस वर्ष ४२ हजार रुपैयाँमा झरेको छ।’ प्रति क्विन्टल ४२ हजार रुपैयाँमा बेच्दा खर्च समेत नउठ्ने बुढाको भनाई छ।  

    गत साल एक किलोको ९८० रुपैयाँमा बिक्री गरेका जयतपानीका खिलक बुढाथोकीले यस वर्ष मूल्य नपाउदा ४५० रुपैयाँ किलोमा बिक्री गर्न बाध्य भएको बताए। अन्य कृषिलाई त्यागेर व्यवसायिक टिमुर खेतीमा लागेका किसान यो वर्ष ठूलो मारमा परेको उनको भनाई छ।

    भारतको भर पर्दा र खरिद गर्ने व्यापारीले टिमुरमा मिसावट गर्दा  टिमुरको मूल्य घटेको उद्योगीको भनाई छ। सल्यानमा ४ लाख केजी भन्दा बढी टिमुर उत्पादन हुँदै आइरहेको छ। व्यक्तिको निजी जग्गा, विभिन्न कबुलियती र सामुदायिक वनबाट टिमुर उत्पादन हुने गरेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।

    ८० प्रतिशत जिल्ला बाहिर निकासी र २० प्रतिशत जिल्लाकै टिमुर उद्योगमा खपत हुने गरेको छ। जिल्लामा वार्षिक ३५ देखि ४० करोडसम्म रकम टिमुरबाट मात्रै भित्रिने गरेको कार्यालयको भनाई रहेको छ।

दीपक शर्मा

शर्मा थाहा खबरका सल्यान समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]