समाज

बाटोमा भेटिएको धनमाल सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण

पुस ४, २०७६

    म्याग्दी : म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेक सहितको महत्वपूर्ण  सामाग्रीहरु सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गरेका छन्। 

    रघुगंगा गाउँपालिका–२ पञ्चासेका झलक शर्माले बेनी –गलेश्वर सडकखण्ड अन्र्तगत जलेश्वरको बिच सडकमा ५० हजार २२५ रुपैयाँ नगद, ५९ हजार रुपैयाँ बराबरको बैंकको चेक, २ थान नागरिकताको प्रमाणपत्र, औषधि, मोवाईल लगायतका सामाग्रीसहितको झोला भेटेका थिए। सो झोला अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाको थियो । थापाले बेनीबाट दानातर्फ जाने क्रममा जीपको झ्यालबाट थापाको झोला खसेको बुझिएको छ।

    बेनीमा मेघावान कन्ट्रक्सन व्यवसाय सञ्चालन गर्दै आएका शर्माले बाटोमा झोला भेटेपछि सम्बन्धित व्यक्तिको खोजी गरी धनमाल हस्तान्तरण गरेका हुन्। गलेश्वर प्रहरी चौकीमा जनप्रतिनिधिकै रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला हस्तान्तरण गरेको शर्माले जानकारी दिए। चेकको पछाडी लेखिएको मोबाईल नम्बर मार्फत सम्बन्धित मान्छे पत्ता लगाएको शर्माले बताए।

    ‘सुरुमा चेक नम्बरमा रहेको मोवाईल नम्बरमा सम्पर्क गरे, फोन उठाउँदासम्म उहाँलाई आफ्नो सामान हराएको जानकारी समेत रहेनछ, पछि तपाईको सामाग्री हेर्नुहोस भन्दा उहाँले झोला हराएको थाहा पाउनुभयो, उहाँले भनेका आफ्नो झोलामा रहेका सामान र भेटिएको झोलामा रहेका सामान मिलेपछि प्रहरी र जनप्रतिनिधिको रोहोबरमा हस्तान्तरण गरेको हुँ’–शर्माले भने ।

    हराएको सामाग्री भेटेर दिने शर्मालाई थापाले धन्यवाद दिइन्। वडा अध्यक्ष बेलबहादुर चोखालले पनि शर्माले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]